१५ असार २०८३, सोमबार
,
Latest
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित पाँच जना पक्राउ



अ+ अ-

मकवानपुर। जिल्लाको हेटौँडा उपमहापालिकाको विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको छ ।

उनीहरूलाई अवैध लागूऔषध खैरो हेरोइनको धुलो सात ग्राम २०० मिलीग्रामसहित आज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहापालिका–२ का २१ वर्षीय विकास परियार, हेटौँडा–४ का २१ वर्षीय विनोद ढुङ्गाना, हेटौँडा–११ का २२ वर्षीय छिरिङ लो तामाङ, हेटौँडा उपमहापालिका–१७ का २४ वर्षीय योएक्त प्रजा र प्रेमबहादुर प्रजा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।

ती अभियुक्तलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो । रासस