इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएका खेलहरुमा चेल्सी र एस्टन भिल्ला विजयी भएका छन् ।
चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । चेल्सीका लागि पहिलो गोल ब्राजिलियाली प्रतिभावान युवा खेलाडी एस्टेभाओले ३४ औं मिनेटमा काउन्टर अट्याकका रुपमा सुन्दर गोल गरेका थिए ।
क्रिस्टल प्यालेसमाथि निरन्तर दबाब सिर्जना गरेको चेल्सीका लागि ५०औं मिनेटमा जोआओ पेड्रो र ६४औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गरेर टिमलाई सुदृढ स्थितिमा ल्याएका थिए ।
तर ७३औं मिनेटमा प्यालेसका लागि एडम ह्वार्टनले सान्त्वना गोल गरेका थिए ।
यो जितसँगै चेल्सीले २३ खेलबाट ३७ अंक सहित चौथो स्थानमा उक्लेको छ । प्यालेस भने २८ अंक सहित लिगको पन्ध्रौं स्थानमा छ ।
उता, एस्टन भिल्लाले उत्कृष्ट खेल प्रस्तुत गर्दै न्यूक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै एस्टन भिल्लाले २३ खेलबाट ४६ अंक बटुल्दै लिगको तेस्रो स्थानमा उभ्याएको छ । समान ४६ अंक रहेको म्यान्चेस्टर सिटी गोल भिन्नताका आधारमा दोस्रो स्थानमा छ ।
आजै राति पहिलो स्थानको आर्सनलसँग म्यान्चेस्टर युनाइटेडको खेल हुँदैछ ।
टप १० टिमको अंक तालिका












