२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् राष्ट्रिय सभाका १८ निर्वाचित सदस्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) जसपा गठनबन्धनका १८ उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशबाट एमालेका सोमनाथ पोर्तेल र रोशनी मेचे निर्वाचित हुनु भएको छ । अन्य समूहतर्फ नेपाली कांग्रेसका सुनिल थापा यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो ।

मधेश प्रदेशमा चार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् जसपा नेपालका संरक्षक महन्थ ठाकुर, महिलातर्फ एमालेका रेखा झा, दलिततर्फ नेपाली कांग्रेसका धमेन्द्र पासवान र अपाङ्ग भएका व्यक्तिरअल्पसंख्यक समुहतर्फ नेपाली कांग्रेसका रंजित कर्ण विजयी हुनुभएको छ ।

बागमती प्रदेशबाट महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित हुनुभएको छ।

लुम्बिनी प्रदेशबाट महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्गरअल्पसङ्ख्यक कोटामा बासुदेव घिमिरे विजयी हुनुभएको छ।

गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र एमाले की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवार ललितजंग शाही र नेकपा (एमाले) का उम्मेदवार मिनासिंह रखाल विजयी हुनुभएको छ। सुदूरपश्चिम प्रदेशबाट नेकपा ९एमाले०का लीला भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ।

तस्बिर : रञ्जिता अधिकारी/रासस