१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीदका तस्विर साक्षी राखेर प्रतिबद्धता



अ+ अ-

सुर्खेत । एघार जना परिवारका सदस्य गुमाएका नवनिर्वाचित राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा गहभरि आँसु लिएर शनिबार बिहानै सुर्खेतबाट जाजरकोट आउनुभयो । सदरमुकाममा पार्टी कार्यकर्ताको फूलमालासमेत ग्राहण नगरी हतार–हतार भेरी नगरपालिका–१ रिम्नास्थित शहीद स्मृति भवनमा पुगेर शहीदका तस्विर साक्षी राखी मुट्ठी कसेर ‘तपाईंहरुको सपना मेरो मूलबाटो हो’ भन्दै कार्यकर्तासामु उपस्थित हुनुभयो ।

सदरमुकाम खलङ्गामा कार्यकर्ताको टीका र मालासमेत ग्रहण नगरी रिम्ना पुग्नुभएका शर्माले शहीदको तस्विरमा माल्यार्पण गरेरमात्र समर्थक, कार्यकर्ताको टीका तथा माला ग्राहण गर्नुभएको थियो । भेरी–१ मा मात्र जनयुद्धको समयमा ३५ जनाले ज्यान गुमाएका थिए । एकै वडाबाट दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको नेपालकै पहिलो बस्ती रिम्ना र पिपे हो । जनयुद्धको समयमा जाजरकोटकमा ३०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

सबै ज्यान गुमाएका शहीदको तस्विर रिम्नास्थित शहीद स्मृति भवनमा राखिएको छ । शहीद सम्झँदै रिम्ना पुग्नुभएका शर्माले एकै परिवारका सात आफन्त गुमाएकी ८२ वर्षीया अमृता खड्कासँग भेट गरेर शहीदको बाटो नभुल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खड्काले शर्मालाई भन्नुभयो, “मेरो आफन्तले देखाएको बाटो र बाँकी कार्यभार पूरा गर्नु, मेरो अन्तिम इच्छा यही हो ।”

उहाँका यी वाक्य फुट्न नपाउँदै शर्माले गहभरि आँसु झार्दै भन्नुभयो, “मेरा आफन्त, हजुरका आफन्त सबैले लिएको बाटोमा लाग्ने र सफल बनाउने हजुरको चाहना अधुरो हुन दिन्नँ, मेरो सास रहुन्जेलसम्म शहीदकै बाटोमा लाग्ने छु ।” नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कर्णाली प्रदेशका सचिवसमेत रहनुभएका शर्माले नेपालकै पहिलो जनयुद्धका शहीद मानबहादुर ओली र मानवबहादुर रावल भए पनि त्यतिबेला सूचना र सञ्चारको अभावले छुटेका बताउनुभयो ।

के चाहन्छन् रिम्ना–पिपेवासी ?

जनयुद्धमा ३५ आफन्त गुमाएका भेरी–१ रिम्ना र पिपेका स्थानीयवासीले शहीदको सपना पूरा गर्न आग्रह गरेका छन् । आफू बाँचेरमात्र हुँदैन, देश बचाउनु पहिलो सर्त भएको भन्दै रिम्नाका जयबहादुर रानाले भन्नुभयो, “देशमा हाम्रा आफन्तले गरेको बलिदानी खेर नजाओस्, हाम्रो पहिलो माग त्यही हो, कसैको माया र दयाले यो परिवर्तन आएको होइन, हाम्रा आफन्तको रगतको खोला बगेको छ ।”

जनयुद्धको समयमा बडालेखमा ४०० भन्दा बढी स्थानीयवासीको घरमा हेलिकोप्टरबाट बम हान्दा बस्ती खरानी भएको थियो । शान्ति स्थापनासँगै रिम्ना र पिपेलाई नमूना बस्ती बनाउने भन्दै तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडीकै पहलमा शान्तिका लागि द्वन्द्वरत कार्यक्रममार्फत विद्युत्, खानेपानी र अन्य आधारभूत सेवा उपलब्ध गराउने योजना बनाइएको थियो । अहिले यहाँका स्थानीयवासीको माग द्वन्द्वको घाउ मेट्नका लागि विकास र समृद्धि आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष ढकवीर रानाले बताउनुभयो ।