२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासको प्रकृति र प्रकृयामा पुर्नविचार गर्न सक्ने ठाउँ छ: पूर्व प्रधान न्यायाधिस श्रेष्ठ



अ+ अ-

सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधिस कल्याण श्रेष्ठले जनताको भावना अनुरुप काम गर्न नसके संवैधानीक इजलासको प्रकृति र प्रकृयामा पुर्नविचार गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित संवैधानिक न्यायको सन्दर्भमा संवैधानिक वेन्चको चुनौती विषय सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधान न्यायाधिस श्रेष्ठले संवैधानिक इजलासको प्रकृति र प्रकृयामा पुर्नविचार गर्न सक्ने ठाउँ रहेको बताएका हुन् ।

उनले संवैधानिक न्यायको लागि इजलासमा न्यायाधिस र वकिलले मात्रै टुङ्गो लगाउन सक्ने विषय नभएकाले संविधान कार्यान्वयन सम्बन्धमा सर्वोच्च अदालतका अन्य इजलासहरुको अधिकार निलम्बीत नभएको बताए । उनले भने ‘सर्वोच्च अदालतको वृहत इजलासले अहिलेपनि संवैधानिक इजलासको लागि थप व्यक्तिहरुको मनोनित गरेर रोस्टर गर्नुपर्ने आदेश त दियो नी ।’ उहाँले संविधान सभामा संवैधानिक अदालत या संवैधानिक इजलास भन्ने विषयमा व्यापक छलफल भई संवैधानिक इजलासको व्यवस्था भएको उल्लेख गर्दै संवैधानिक इजलासले जनताको भावना अनुरुप काम गर्न नसके यसको प्रकृति र प्रकृयामा पुर्नविचार गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ्ले संवैधानिक इजलासलाई कार्यान्वयनमा ल्याउने विषयमा कुनैपनि विवाद नै नरहेको बताए । संविधान सभामा संवैधानिक अदालन नभई संवैधानिक इजलास नै आवश्यक छ भन्ने विषयमा व्यापक छलफल भएको उल्लेख गर्दै संवैधानिक इजलासको कार्यान्वयनको विकल्न नरहेको बतए ।

उनले भने ‘संवैधानिक इजलासलाई कार्यान्वयन गर्दै अगाडी जोन भन्ने विवाद नै भएन अहिले हामी समिक्ष्ष भनेर अन्तरक्रिया गरिरहेका छौं मलाई लाग्छ संवैधानिक इजलासको विकल्पको बारेमा संविधान सभामा व्यापकर र प्रयाप्त तलफल गर्यौ त्यो व्यापक छलफल पस्चात अव देशमा संवैधानिक अदालत होइन संवैधानिक इजलास नै आवश्यक छ यो नै राम्रो विकल्प हो भनेर निष्कर्षमा पुगेका हौं अव जनतालाई चित्त बुझ्ने ढंगले प्रयाप्त रुपमा संवैधानिक इजलासलाई कार्यान्वयन गरेर अगाडी जानुपर्छ ।’ छलफलमा संविधानको कार्यान्वयनको सन्दर्भमा संवैधानिक इजलास तथा सर्वोच्च अदालतका बृहत इजलासको भूमिकाका विषयमा छलफल भएको थियो ।