२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग पदक विजेता सम्मानित



अ+ अ-

काठमाडौं महानगरपालिका वडा ३२ ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक जितेका थिए । खेलाडीले तेक्वान्दोमा ३ स्वर्ण र दुई कांस्य, करातेमा १ स्वर्ण, बास्केटबल (थ्री बाइ थ्री) मा १ रजत र लनटेनिसमा २ कांस्य जितेका थिए । स्वर्ण विजेता तेक्वान्दोका सक्षम कार्की, काजल श्रेष्ठ र भुपेन श्रेष्ठ तथा करातेका विप्लवलाल श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार पाए । रजत विजेता बास्केटबलका मनीष केसी २० हजार नगदबाट पुरस्कृत भए ।

कांस्य विजेता तेक्वान्दोका ज्ञानेन्द्र हमाल र मनोज मल्ल तथा लनटेनिसका दाजुभाइ संरक्षकभूषण वज्राचार्य र सम्यकलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । संरक्षक हाल अमेरिकामा रहेकाले उनको पुरस्कार उनका पिता सूर्यभूषणले ग्रहण गरे । सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका नविनकुमार श्रेष्ठ र लनटेनिसकी रेणुदेवी कोण्डा वज्राचार्य रहेका छन् । दुवै आ–आफ्नो खेलका मुख्य प्रशिक्षक हुन् । नविनले ५१ हजार तथा रेणुले ११ हजार नगद पुरस्कार पाए ।

सोही अवसरमा दक्षिण कोरियाको मुजुमा भएको कोरियन एम्बासडर कप वल्र्ड तेक्वान्दो च्याम्पियनसिपका रजत विजेता रन्जित साउदलाई पनि २० हजार नगदसहित पुरस्कृत गरिएको थियो । कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, वडा ३२ का अध्यक्ष नवराज पराजुलीले खेलाडी र प्रशिक्षकलाई सम्मान गरे ।