१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सांसद तथा काँग्रेस पाल्पाका पूर्व जिल्ला सभापति कार्कीको निधन



अ+ अ-

काठमाडौँ । पूर्व सांसद तथा नेपाली काँग्रेस पाल्पाका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ । नेपाली काँग्रेस पाल्पा काठमाडौ सम्पर्क समितिको जानकारी अनुसार उनी लामो समयदेखि मृगौलाको डायलायसिस गर्दै आएका थिए । कार्कीको उपचारका क्रममा गएराती काठमाडौमा निधन भएको हो ।

२०४८ सालमा पाल्पा क्षेत्र नं. २ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने २०५१ देखि २०५६ सालसम्म काँग्रेस पाल्पाको जिल्ला सभापति समेत रहेका थिए । यती मात्रै नभई उनी त्यस अघि राष्ट्रिय पंचायत सदस्यमा पनि निर्वाचित भएका थिए ।

पाल्पाको रम्भा गाउँपालिका अन्तर्गत पर्ने ताहूँमा स्थायी घर भएका कार्की सरल, सक्रिय र सवैसँग सहजै घुलमिल हुनसक्ने स्वभावका कार्की पाल्पामा सर्वप्रिय नेताका रुपमा चिरपरिचित थिए ।