१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाम ल्हाेसारका अवसरमा नाैकुण्डमा विविध कार्यक्रम, ‘नेपाली समाजकाे विशिष्ट पहिचान’- सांसद आचार्य



अ+ अ-

नुवाकाेटः नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्यले नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको बताएका छन् । तामाङ जातिको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा नौकुण्ड गाउँपालिका रसुवाद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद आचार्यले विशेषतः बागमती प्रदेशका उत्तरी क्षेत्र रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, दोलखालगायतका जिल्लामा धुमधामसँग मनाउने सोनाम ल्हाेसारको आफ्नै विशेषता रहेको बताए ।

समृद्ध रसुवा निर्माणमा आफू कृयाशील रहेको र त्यसको परिणाम क्रमशः देखिँदै गएको बताउँदै उनले हाम्रा सांस्कृतिक पर्वहरूले हामीलाई एक आपसमा भाइचाराको भावना अभिवृद्धि गर्न सघाएकाे बताए । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला, संस्कृतिलगायतको प्रदर्शन गरिएको थियो ।

मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुने मान्यता छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरी मनाउने प्रचलन छ । पश्चिमी मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझलाई बिदा गर्दै नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै लोसार चाड पुरानो वर्षलाई विदा गर्दै नयाँ वर्षलाई स्वागत गर्ने एक पर्व हो ।

लोसारमा धर्मगुरु र गुम्वाहरुको दर्शन गर्ने, मान्यजनहरुबाट आशिर्वाद ग्रहण गर्ने, परिवारमा आफूभन्दा सानालाई आशिर्वाद दिने, नयाँ लुगा लगाउने, मिठो मिठो खाने परिकारहरु खाने र शुभकामना आदन प्रदान गर्ने गरिन्छ । तामाङहरुलाई प्रकृतिप्रेमी समूदायका रुपमा समेत चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । सो अवसरमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घलेले नौकुण्ड गाउँपालिकामा ९० प्रतिशत तामाङहरूको बसोबास रहेको बताए ।