२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्को नजिकैको होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते



अ+ अ-

मस्को। मस्को क्षेत्रको बलाशिखा शहरमा मङ्गलबार बिहान एक होस्टेलमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

मस्को क्षेत्रीय अनुसन्धान समितिका अनुसार आगो निजी स्वामित्वको तीन तले भवनको दोस्रो तलाबाट सुरु भएको थियो र करिब ३५ वर्ग मिटर क्षेत्रमा फैलिएको थियो ।

दमकलकर्मीहरूले घटनास्थलमा दुई पुरुष र दुई महिलाको शव फेला पारेका छन् । घाइतेमध्ये दुई बालबालिका र एक १५ वर्षे किशोर पनि रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका अनुसार आगो सम्भवतः लापरबाहीपूर्वक आगोको प्रयोग गर्दा लागेको हुनसक्छ ।

अनुसन्धानकर्ताहरूले भवन सम्भवतः गैरकानुनी रूपमा भाडामा दिइएको हुनसक्ने आशङ्कामा ‘लापरबाहीका कारण मृत्यु’ को मामलामा आपराधिक मुद्दा दर्ता गरेका छन् ।  (रासस/सिन्ह्वा)