खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ घर भई हाल बेलायतमा रहनुभएका अधिवक्ता चण्डीराज राईले तीनवटा सामुदायिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनुभएको छ ।
बेलायतमा कानुन व्यवसाय गर्दै आउनुभएका उहाँले स्वर्गीय आमा आनन्दीमाया राईको स्मृतिमा तीनवटा विद्यालयमा अध्ययतरत विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनुभएको हो ।
स्थानीय जगत किराती राईले उहाँले उपलब्ध गराउनुभएको न्यानो कपडा दिप्लुङस्थित भानु आधारभूत विद्यालय हलहलेका ६० जना, पृथ्वी आधारभूत विद्यालय बाबलका २१ जना र सिद्धेश्वरी आधारभूत विद्यालय केराकारीका १३ जना विद्यार्थीलाई वितरण गरिएको जानकारी दिनुभएको छ । रासस












