२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालले प्रदीप यादवलाई पार्टीबाट निकाल्यो



अ+ अ-

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले प्रदीप यादवसहित ८ नेतालाई कारबाही गरेको छ । पार्टी छाडेर एमालेबाट उम्मेदवार बनेपछि जसपाले यादवलाई पार्टीबाट निष्कासन गरेको हो ।

पार्टीले यादवसहित चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नबल किशोर सिंह र डा.शिवजी यादवलाई समेत निष्कासन गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन निर्वाचनमा नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध, उम्मेदवारी दिने तथा पार्टीको हित, पार्टी अनुशासन र विधान विपरीत कार्य गरेको भन्दै उनीहरुलाई पार्टीबाट निष्कासन गरिएको हो ।