२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्ट पक्षका नेताहरुको बैठक कोइराला निवासमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्‍त्री सशांक कोइराला निवास महाराजगंजमा असन्तुष्ट पक्षका नेताहरुको बैठक बसेको छ। कोइराला निवास महाराजगंजमा आन्तरिक विवाद समाधानका लागि असन्तुष्ट पक्षका नेताहरुको बैठक बसेको हो ।

बिहीबार अपरान्ह सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्‍त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताहरु सहभागी छन्। संस्थापन पक्षसँग प्याकेजमै सहमति खोज्‍ने प्रयास भइरहेकोले आफू पक्षीय नेता तथा सदस्यहरुसँग आन्तरिक परामर्श गर्न पौडेल र सिटौलाले उपलब्ध सदस्यहरूलाई महाराजगंज बोलाएका हुन्।