२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहरी स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई छैनः कार्यवाहक प्रमुख डङ्गोल



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

फोहर सङ्कलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुसँग सहरी सरसफाइको अभ्यास, यसको दिगोपनाका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा उहाँले छलफल गर्नुभएको थियो । सो छलफलका क्रममा प्रमुख डङ्गोलले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोका कतै पनि फोहरका पोका थुप्रिएको अवस्थामा नराख्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “तोकिएको समय र विधिबाट फोहर सङ्कलन हुनुपर्छ । सडक बढार्नुपर्छ । सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ । आफू जिम्मेवार नबन्ने, अरुलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ ।”

उहाँले नागरिकसँग जोडिएका विषय महानगरको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । छलफलमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ध्रुवप्रसाद आचार्य र मित्र घिमिरे सहभागी हुनुहुन्थ्यो । उहाँहरुले महानगरपालिकाका निर्देशनको पूर्ण कार्यान्वयनमा प्रतिवद्धता जनाउनुभयो । छलफलमा फोहरलाई स्रोतमा वर्गीकरण गर्ने, सङ्कलन गर्ने समय र विधि निश्चित गर्ने, फोहर सङ्कलन गर्न जानु पूर्व सूचना दिने जस्ता विधिलाई अभ्यास गर्नेलगायतका विषयमा कुराकानी भएको थियो ।

कामपाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न सात क्षेत्रमा विभाजन गरेर आय ठेक्का लगाएको पनि वातावरण विभागले जनाएको छ । रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल फोहरको दिगो व्यवस्थापनका विधिलाई महानगरले प्रवद्र्धन गरिरहेको जनाएको छ ।