२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी अफ्रिकामा अतिवर्षा र बाढीको असर भयानक



This image made from video shows the scene after flooding in Tete Province, Mozambique, Thursday, Jan. 15, 2026. (AP Photo)
अ+ अ-

जोहानेसबर्ग । मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले दक्षिणी अफ्रिकामा हालै आएको अत्यधिक वर्षा र बाढीलाई अझ गम्भीर बनाएको एक अध्ययनले देखाएको छ । यस प्राकृतिक विपत्तिका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।

वर्ल्ड वेदर एट्रिब्युसनले गरेको अध्ययनअनुसार दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेका केही भागमा केवल १० दिनभित्र एक वर्ष बराबरको वर्षा भएको थियो । यसले घर, सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याउँदै गहिरो मानवीय पीडा निम्त्याएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

मोजाम्बिकमा धेरै घर तथा भवन पूर्ण रूपमा डुबानमा परेका थिए भने दक्षिण अफ्रिकाका लिम्पोपो र म्पुमालाङ्गा प्रान्त तथा जिम्बाब्वेका केही क्षेत्रमा सडक र पुलहरू बगाएका थिए ।

वैज्ञानिकहरूका अनुसार यो दुर्लभ घटना करिब ५० वर्षमा एकपटक मात्र देखिने खालको हो । हालको ला निना मौसम प्रणालीले प्राकृतिक रूपमा ओसिलो अवस्था सिर्जना गरे पनि अत्यधिक तातो वातावरणका कारण यसको असर अझ तीव्र बनेको अध्ययनले जनाएको छ ।

रोयल नेदरल्यान्ड्स मौसम विज्ञान संस्थानका वरिष्ठ जलवायु अनुसन्धानकर्ता इजिदिन पिन्टोले जीवाश्म इन्धनको निरन्तर प्रयोगले चरम वर्षाको तीव्रता बढाएको र यसले बाढीलाई समुदायले सामना गर्न नसक्ने स्तरसम्म पु¥याएको बताउनुभयो । उहाँका अनुसार वर्षाको तीव्रतामा देखिएको करिब ४० प्रतिशत वृद्धि मानव–कारण जलवायु परिवर्तनबिना सम्भव देखिँदैन ।

वैज्ञानिकहरूले दक्षिणी अफ्रिका यसअघि पनि बाढीप्रति संवेदनशील रहे पनि यसपटकको घटनाको परिमाण अपेक्षाभन्दा धेरै भएको बताएका छन् । मोजाम्बिक मौसम सेवाका अनुसन्धानकर्ता बर्नार्डिनो नान्टुम्बोले केही स्थानमा दुई–तीन दिनमै वर्षायामभरि पर्ने वर्षा भएको उल्लेख गर्नुभयो ।

शोधकर्ताहरूले अफ्रिकामा केन्द्रित जलवायु मोडेल विकास गर्न पनि आह्वान गरेका छन् । इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोका अनुसार अफ्रिकामै विकसित मोडेलको अभावले यस्ता घटनामा जलवायु परिवर्तनको वास्तविक प्रभाव मापन गर्न कठिनाइ भइरहेको छ ।