२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई जित दिलाउन बेलको गोल



अ+ अ-

रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब युनियनइस्टासलाई रियलले ३–१ गोल अन्तरले पराजित गरेको हो । जितसंगै रियल अन्तिम १६ मा पुगेको हो ।

युनियनइस्टासको मैदानमा भएको खेलमा, खेलको १८ औं मिनेटमा ग्यारेथ बेलले गरेको पहिलो गोलले रियललाई अग्रता दिलाएको थिए । तर अल्भारो रोमेरोले ५७ औं मिनेटमा गोल गर्दै पुनः घरेलु टोलीलाई १–१ गोलको बराबरीमा फर्काउन सफल रह्यो ।

खेलको ६२ औं मिनेटमा घरेलु टोलीका जुवान गोङ्गोराले आत्मघाती गोल गर्दा रियल २–१ ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई ३१ को जित दिलाए ।