२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिजम कप फुटबल अर्को साता



अ+ अ-

काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा नवौं फिजम कप अन्तरविद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने बुधबार पेप्सीकोलास्थित नेपाल तारा स्कुलमा आयोजित पत्रकार सम्मेलनमा फिजमका अध्यक्ष आरबी कट्वालले जानकारी गराए ।

सहभागी टिमहरुमा मोनास्टिक, भीमेश्वर एकेडेमी, ग्रिनविच, नेक्सस्, न्यु होली क्रस, कम्यक, ग्रामर, नेपाल तारा, हेब्रोन, न्यु भिजन, दीपिका स्कुल, भीभीएम, स्वर्णिम तारा, बेस्ट ग्रुप भिजन, ग्लोबल, माउन्ट सेब, प्रज्ञा, अर्किड, रत्न शिक्षा, अन्नपूर्ण र लाइसियम रहेका छन् । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा हुने छ । गत संस्करणको उपाधि ग्लोबल पब्लिक स्कुलले जितेको थियो ।

फाइनल माघ २५ गते हुने छ । उद्घाटन खेल ग्लोबल र माउन्ट सेबबीच हुने छ । उद्घाटनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सम्मान गर्ने कार्यक्रम पनि रहेको फिजमका सचिव एवं प्रतियोगिता संयोजक देवीप्रसाद डोटेलले जानकारी दिए ।