२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच सय किलो गाँजासहित दश जना पक्राउ



अ+ अ-

काठमाडौँ। भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए ।

प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो । सबै अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । ट्र्याक्टर पनि प्रहरी नियन्त्रणमा छ । रासस