१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’



अ+ अ-

काठमाडौँ। काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गर्यो ।

वरिष्ठ नेपाली कलाकार विधाता केसीका सिर्जनाहरुको उक्त प्रदर्शनीमा पाकिस्तान भ्रमणका उहाँका अनुभव तथा सांस्कृतिक, सामाजिक र प्राकृतिक विविधताबाट प्रेरित चित्र समावेश गरिएको थियो । चित्रका माध्यमबाट पाकिस्तानका रङ्गीन परिदृश्य, सांस्कृतिक धरोहर तथा स्थानीय जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ ।

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हाश्मीले सांस्कृतिक कूटनीति दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने महत्वपूर्ण माध्यम भएको बताउँदै यसबाट आपसी सांस्कृतिक आदानप्रदान र समझदारी वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । रासस