२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलाई युवा संघका अध्यक्ष थेबेको प्रश्नः लिपुलेकबारे तपाईंको स्टेटमेण्ट के हो ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिनुभएको छ ।

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो चुनौती दिनुभएको हो । हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? थेबेको प्रश्न छ । उहाँले नयाँ भनिएका राजनीतिक दलहरुसँग ठोस, नीति, दृष्टिकोण र एजण्डा नभएको टिप्पणी पनि गर्नुभयो । उहाँले भावी प्रधामनमन्त्रीका उम्मेदवारहरुसँगै बहस गर्न समेत नेता शाहलाई चुनौती दिनुभयो । उहाँले मुलुकभर विद्युत विस्तार समेत एमालेको नेतृत्वमा भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँहरुसँग केही एजेण्डा छैन । एजेण्डा भए आम सञ्चारमाध्यमले बहसका लागि बोलाउँदा पनि किन आएनन् ? एजेण्डा भए पो आउनु । हिजो राणा कालमा ६ प्रतिशतले  बिजुली पाएका थिएँ हामीले ९८ प्रतिशत नागरिकलाई विद्युतको पहुँचमा पु¥याएका छौँ । हामीले परिवर्तन गरेका छौँ । सबै सार्वजनिक विद्यालयमा आइटीको विकास गरेका छौँ । भ्रष्टाचारमा शुन्य शहनशीलताका साथ हामी अगाडि बढेका छौँ । हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेको हो कि होइन ? हुनेवाला प्रधानमन्त्रीज्यू तपाईको स्टेटमेन्ट हेरौँ । भन्नुहोस् त–लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? अगामी आम निर्वाचन पछि नेपाली समाजलाई सुखि र समृद्धिको आधार दिन्छौँ ।’

अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित पार्टी जनतामाझ गएको पनि बताउनु भयो ।




भर्खरै