१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी दुतावासद्वारा काठमाडौंमा ‘क्रिएटर मेला २०२६’ को ग्राण्ड फिनाले आयोजना (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी दुतावासले आफ्नो बहु–शहर यात्राको समापन गर्दै ‘क्रिएटर मेला २०२६’  आयोजना गरेको छ । माघ १६ र १७ गते ठमेलस्थित एक होटलमा दुई दिने विशेष मेला आयोजना भएको हो ।

यस वर्षको मेलाको मुख्य नारा ‘दृष्टिकोण देखि उद्यमसम्म’  तय गरिएको छ । यसले डिजिटल सामग्री सिर्जनालाई व्यावसायिक सफलता र उद्यमशीलतासँग जोड्ने लक्ष्य राखेको छ । ‘दृष्टिकोण देखि उद्यमसम्म’ थिम अन्तर्गत आयोजना हुन लागेको यस मेलाले डिजिटल क्रिएटरहरूलाई आफ्नो सिर्जनात्मक क्षमतालाई दीर्घकालीन करियरको रूपमा कसरी विकास गर्ने भन्नेबारे मार्गनिर्देशन गर्नेछ ।

कार्यक्रममा अमेरिकी प्रविधि, प्लेटफर्म मुद्रीकरण र डिजिटल व्यवसाय विकासका विज्ञताहरूलाई समावेश गरिनेछ । जसले नेपाली क्रिएटरहरूलाई आफ्नो प्रभाव विस्तार गर्न र आर्थिक रूपमा सबल बन्न मद्दत पुग्ने विश्वास लिइएको छ । सन् २०२३ मा शुरु भएको ‘क्रिएटर मेला’ नेपालको डिजिटल परिदृश्यमा एक प्रमुख केन्द्रको रूपमा स्थापित भइसकेको छ । अहिले चौथो संस्करणमा आइपुग्दा यसले नेपालको क्रिएटर इकोनोमीलाई व्यावसायिक बनाउन र देशको आर्थिक वृद्धिमा सहयोग पु¥याउन अमेरिकी दुतावासको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ । मेलाले देशभरका उदीयमान र स्थापित क्रिएटरहरूलाई एकै ठाउँमा ल्याई उनीहरूको सीपलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्ने दुतावासले विश्वास लिएको छ ।

तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल