१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु



अ+ अ-

सर्लाही। छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता नगरपालिका र चन्द्रनगर गाउँपालिकामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–४ रहुवामा उखुको लोडले च्यापिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मप्र०३–००१त ७९०५ नम्बरको ट्रयाक्टर चालक रौतहटको राजदेवी नगरपालिका–६ मोहनपुरका ३० वर्षीय राजु पटेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राई जानकारी दिनुभयो ।

हुलाकी सडकखण्डअन्तर्गत गडहियाबाट बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लिएर जाँदै गरेका पटेलले चलाएको ट्रयाक्टरमा एक्कासी ब्रेक लगाउँदा उखुको भारी चिप्लिएर पटेललाई थिचेको थियो । तत्काल उद्धार गरी प्रादेशिक अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सर्लाहीको चन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा भारतीय बिआर३०एपी ३०३७ नम्बरको मोटरसाइकलले चन्द्रनगर–२ बरकुर्वाकी ६५ वर्षीया शान्तिदेवी ठाकुरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता राईले जानकारी दिनुभयो ।

घाइते ठाकुरको अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । न्यूरो अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी र चालक चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाका २० वर्षीय विशाल महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।रासस