१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा गोल्डकपको सातौँ संस्करण हुँदै



अ+ अ-

झापा। सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता यही माघ २४ देखि फागुन ४ गतेसम्म भद्रपुरस्थित डोमलाल राजवंशी रङ्गशालामा आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका १० टिमको सहभागिता रहनेछ ।

आज आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार मैदान मर्मत, अस्थायी प्यारापिट निर्माणलगायत अधिकांश तयारी पूरा भइसकेको छभने मञ्च सजावटको काममात्र बाँकी छ ।

अध्यक्ष गिरीका अनुसार प्रतियोगितामा झापा–११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस एफसी, मच्छिन्द्र एफसी, लालीगुराँस एसोसिएसन नेपाल पोखरा, रोयल थिम्पु एफसी भुटान, सिङ्लिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ एफसी मलेसियाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । अध्यक्ष गिरीका अनुसार फाइनल खेलका उत्कृष्ट खेलाडी तथा अफिसियललाई जनही रु ३५ हजार प्रदान गरिने छभने प्रत्येक दिनको ‘प्लेयर अफ दी म्याच’लाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यस संस्करणको मुख्य प्रायोजन एग्रो थाई फुड्सको उत्पादन ‘एक्सट्रिम एनर्जी ड्रिङ्क्स’ले गर्ने भएको छ । पत्रकार सम्मेलनकै अवसरमा आयोजक र मुख्य प्रायोजकबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न करिब रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको झापा गोल्डकप आयोजक समितिले जनाएको छ । रासस