२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार सुविधा सम्पन्न, यात्रुमैत्री तथा प्रविधिमैत्री सडक पूर्वाधार विकासमा केन्द्रित छ : मन्त्री नेम्बाङ



अ+ अ-

कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले सरकार सुविधा सम्पन्न, यात्रुमैत्री तथा प्रविधिमैत्री सडक पूर्वाधार विकासमा केन्द्रित रहेको बताउनु भएको छ । महेन्द्रनगर स्थित सहिद भीमदत्त बसपार्कको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री नेम्बाङले यातायात क्षेत्र व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तीनै तहका समन्वयमा सङ्घीय यातायात कानून निर्माण भइरहेको बताउँदै सातै प्रदेशका यातायात विकास मन्त्री, सचिव र सरोकारवालासग समेत छलफल प्रारम्भ गरिएको उल्लेख गर्नु भयो । उहाँले यातायातका कम्पनी, स्थिर पूँजी रुपान्तरण तथा भाडा समायोजनका विषयलाई समेत चाडै व्यवस्थित गरिने जानकारी दिनु भयो ।

सरकारले अघि सारेको लक्ष्य तथा कार्यक्रम पुरा गर्ने आफ्नो दायित्व पुरा गरिछाड्ने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले भारतीय शहरसंग नजिकका दुरीमा भीमदत्तनगर बसपार्क रहेकाले बसपार्कको निकै महत्व रहेको उल्लेख गर्नुभयो । चार सय बस अट्ने क्षमता रहेको यो बसपार्क नगरर विकास कोषको ७ करोड ऋण सहयोगमा आधुनिकिकरण गरिएको हो । मन्त्री नेम्बाङले आजै भीमदत्त पन्त नगरपालिकाको स्थापना दिवशको उद्घाटन् समेत गर्नु भएको छ ।

उहाँले नगरपालिकाको स्थापना दिवशलाई सम्बोधन गर्दै सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पुरा गर्न पूर्वाधार विकास विना सम्भव नभएकाले सरकार सबैखाले पूर्वाधार विकासमा उच्च प्राथमिकताका साथ गरिरहेको बताउनु भयो । मन्त्री नेम्बाङले शहिद भीमदत्त पन्तले किसान आन्दोलन मार्फत जनजागरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै भीमदत्तकै नाममा नामाकरण गरिएको नगरपालिकाको स्थापना दिवशमा आफु प्रमुख अतिथिका रुपमा उपस्थित हुनु पाउँदा खुसी लागेको समेत उल्लेख गर्नु भयो ।

मन्त्री नेम्बाङले महाकाली नदीमा निर्माणाधिन ८१ मिटर लामो चार लेनको पुल निरिक्षण गर्नुका साथै भीमदत्त नगरपालिका १९ स्थित इकापोर्कको शिलान्यास र नगरपालिको वडा १, ३, ४, ७, ८, ९ र १० जोड्ने जैविक तथा धार्मिक सडकको अवलोकन समेत गर्नु भएको छ ।