२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेहुलीको आमालाई नै बेहुलाको बाबुले भगाएपछि…



अ+ अ-

काठमाडौं । माया अन्धो हुन्छ तर कति अन्धो हुन्छ थाहा पाउन मुश्किल छ । जरुरी हुँदैन कि माया प्रेम जवानीमा मात्रै हुन्छ । माया प्रेम जुनसुकै उमेरमा पनि हुनसक्छ । तर स्थिति तब अनौठो हुन्छ जब हुँदै गरेकी बेहुलीको आमा हुँदै गरेको बेहुलाको बाबुसँगै भाग्दछिन् । यस्तै भएको छ भारतको गुजरातस्थित सूरत जिल्लामा ।

आगामी फ्रेबुअरीमा युवक र युवतीको बीच विवाह हुने निश्चित भईसकेको थियो । तर, विवाह अघि नै बेहुली बन्नेवाली केटीको आमा नै केटाको बाबुसँग भागेकी छिन् । घटनाको कारणले गर्दा दुवै परिवारबीच सम्बन्धमा दरार आएको छ । केटा र केटीबीचको विवाह कार्यक्रम रद्द भएको छ । विवाहको पहिले नै केटाको बाबु र केटीको आमा वेपत्ता भएका छन् । दुवै परिवारले जनाएअनुसार हुँदै गरेका बेहुलाका पिता र बेहुलीका आमा धेरै पहिलादेखि नै परिचित थिए ।

अहिले दुवै परिवारले केटाको बाबु र केटीको आमाले भागेर विवाह गरिरसेको निक्र्यौल गरेका छन् ।

स्थानीय प्रहरीले जनाएअनुसार विवाहको ठिक एक महिना अघि केटीको आमा घरबाट गायब भएपछि खोजविन गर्दा दुवै परिवारबीचको आन्तरिक कुरा बाहिर आएको थियो । अनुसन्धान गर्दै गर्दा केटाको बाबु र केटीको आमा सँगै भागेको थाहा पाएपछि खोजविन रोकिएको थियो ।

अहिलेसम्म दुवैजनाको विषयमा केहि जानकारी पाइएको छैन् । प्रहरीको रिपोर्टसँगै दुवै परिवारले सम्बन्धलाई पनि तोडेका छन् । केटा र केटीबीच एक वर्ष पहिला नै विवाह गर्ने कुरा निश्चय भएको थियो ।