२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाको राफा सीमा नाका आइतबारदेखि आंशिक रूपमा खुल्ने



अ+ अ-

राफा। इजरायलले मानवीय सहायता निकायहरूको महिनौँको आग्रहपछि ध्वस्त भएको गाजा पट्टी र इजिप्टबीचको सीमा नाका (राफा क्रसिङ) आइतबारदेखि आंशिक रूपमा पुनः खोलेको बताएको छ । उक्त क्षेत्रमा मानिसहरूको आवागमनमा सीमित पहुँच रहेको छ ।

प्यालेस्टिनी नागरिक मामिलाको समन्वय गर्ने इजरायली रक्षा मन्त्रालयको निकाय (कोग्याट)ले लामो समयदेखि आशा गरिएको सहायताको वृद्धिलाई अनुमति दिने बिषयमा समाचार तयार पार्दासम्म कुनै उल्लेख गरेको छैन । दुबै दिशामा गेटवेबाट व्यक्तिहरूको यात्रा सोमबारदेखि सुरु हुने अपेक्षा गरिएको छ ।

राफालाई युद्धबाट प्रधावित प्यालेस्टिनी क्षेत्रमा आपूर्तिको लागि एक प्रमुख प्रवेश बिन्दु मानिन्छ, जहाँ अक्टोबर १० देखि युद्धविराम भए पनि दुई वर्षको युद्धका कारण मानवीय अवस्था निकै दयनीय रहेको छ ।

सन् २०२४ मेमा हमाससँगको युद्धको क्रममा इजरायली सेनाले यसलाई नियन्त्रण गरेदेखि सीमा नाका बन्द गरिएको छ । यद्यपि, सन् २०२५ को सुरूमा छोटो र सीमित समयका लागि यो नाका खोलिएको थियो ।

कोग्याट)ले आइतबार भनेको छ, “राफा सीमा नाका आज बासिन्दाहरूको सीमित मार्गको लागि मात्र खोलिएको छ। गाजा प्रवेश र निकासका लागि दुवै दिशामा बासिन्दाहरूको आवागमन भोलिदेखि सुरु हुने अपेक्षा गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार करिब २०० बिरामीहरू सीमा पार गरेपछि क्षेत्र छोड्न अनुमति पाउने प्रतीक्षामा रहेका छन् ।

एएफपीको फुटेजमा इजिप्टको तर्फबाट एम्बुलेन्स प्रवेश गरेको देखिएको छ, तर स्रोतका अनुसार अहिलेसम्म कसैलाई पनि गाजामा प्रवेश गर्न दिइएको छैन।

“राफाको सीमा नाका खोलिएसँगै गाजाका बिरामी, विद्यार्थी र सर्वसाधारणका लागि आशाको सानो ढोका खुलेको छ,” इलाकाको अल–शाती शिविरमा टेन्टमा बस्ने ५३ वर्षीय अमिन अल–हिलुले एएफपीसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई इजरायली प्रतिबन्ध बिना यात्रा र सामानहरू ल्याउन पूर्ण रूपमा नाका खोल्नु आवश्यक छ, र मलाई लाग्छ यसका लागि इजरायललाई ठूलो दबाब आवश्यक पर्दछ।”

नाम नबताउने सर्तमा एक प्यालेस्टिनी अधिकारीले एएफपीसँग भन्नुभयो, “प्यालेस्टिनी प्राधिकरणसँग सम्बद्ध करिब ४० प्यालेस्टिनीहरूको एक समूह इजिप्टको सीमामा आइपुगेको छ र उनीहरूलाई पनि प्रवेश गर्न अनुमति दिइएको छ।

इजरायलले पहिले गाजामा बन्धक बनाइएका अन्तिम इजरायली बन्धक रान जिभिलीको शव फिर्ता नगरेसम्म नाका पुनः नखोल्ने बताएको थियो।

उहाँको अवशेष केही दिनअघि फेला परेको थियो र उहाँलाई बुधबार इजरायलमा अन्त्येष्टि गरिएको थियो ।