२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित, शृंखला कब्जा



अ+ अ-

पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलियाली टिम तेस्रो तथा अन्तिम टी२० क्रिकेटमा पनि पाकिस्तानसँग नराम्रोसँग पराजित भएको छ । दोस्रो खेलमा पनि अस्ट्रेलिया ९० रनले हारेको थियो ।

लाहोरमा भएको दिवारात्रि खेलमा पाकिस्तानसँग अस्ट्रेलिया १११ रनको फराकिलो अन्तरले पराजित भयो । यो जितसँगै पाकिस्तानले शृंखला कब्जा गरेको छ ।
२०८ रनको विजयी लक्ष पछ्याएको अस्ट्रेलिया १६.५ ओभरमा ९६ रनमै समेटिएको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले अविजित ५० रन, साइम आयूबले ५६ तथा सदाब खानले ४६ रन बनाएका थिए ।

टी–२० विश्वकपको तयारी स्वरुप भएको यस खेलमा अस्ट्रेलियाले नयाँ खेलाडीलाई अवसर दिएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले २२ र मार्कस स्टोइनिसले २३ रन बनाउनु बाहेक अरुले रन बनाएका थिएनन ।

पाकिस्तानका लागि मोहम्मद नवाजले ५ विकेट लिएका थिए । यस्तै, शाहीन शाह अफ्रिदीले २, अब्रार अहमद र नसीम शाहले एक एक विकेट लिएका थिए ।

यसअघि लाहोरमा भएको पहिलो टी–२० मा पाकिस्तानले अस्ट्रेलियालाई २२ रनले पराजित गरेको थियो ।




भर्खरै