१४ असार २०८३, आईतवार
,
Latest
कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातौँ झापा गोल्डकपः उद्घाटन खेलमा झापा–११ र नेपाल पुलिस भिड्ने



अ+ अ-

झापा।  बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप’ (विनोद बस्नेत स्मृति संस्करण) को खेल तालिका आज सार्वजनिक गरिएको छ ।

आयोजक झापा गोल्डकपले यही माघ २४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल १० टोलीको सहभागिता रहनेछ । जसमा माघ २५ गते दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् ।

तालिकाअनुसार माघ २६ गते पहिलो क्वाटर फाइनलमा उद्घाटन खेलको विजेताले सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबको सामना गर्नेछ भने माघ २७ गते दोस्रो क्वाटर फाइनलमा दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबीच प्रतिस्पर्धा उहाँले बताउनुभयो ।

यसैगरी, माघ २८ गते तेस्रो क्वाटर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भूटानको रोयल थिम्पु कलेज तथा माघ २९ गते अन्तिम क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने उहाँले राससलाई जानकारी दिनुभयो ।

प्रतियोगिताको सेमिफाइनल खेल फागुन १ र २ गते हुनेछ भने फाइनल खेल फागुन ४ गते हुने तय गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद रु १५ लाख र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले रु सात लाख ५० हजार पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिनुभयो ।

व्यक्तिगत विधातर्फ, सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एक थान मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद रु ३५ हजार पाउनेछन् ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले नगद रु २५ हजार हात पार्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ । रासस