१४ असार २०८३, आईतवार
,
Latest
कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान



अ+ अ-

रुपन्देही। चेम्बर अफ कमर्श,, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ‘सोल्जर लाइट’ र ज्याकेट सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष सचिन रोक्काले बताउनुभयो । उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका उपकरणमा पनि क्षति हुँदा आवश्यक सामग्री प्रदान गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष रोक्काले चेम्बरले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जानकारीदिनुभयो । संस्थाका सह–कोषाध्यक्ष तथा ट्राफिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सन्तोष शुक्लाले कार्यालयलाई ६५ सोल्जर लाइट र १५ थान ज्याकेट प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँले कार्यालयसँग समन्वय गरेर यहाँ आवश्यक सामग्रीबारे जानकारी लिई उक्त सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । आगामी दिनमा पनि कार्यालयलाई आवश्यक सहयोग गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख प्रतिमा कार्कीले संस्थाले कार्यालयलाई ‘बहमूल्य सामग्री’ रहेको बताउनुभयो । उहाँले समाजका लागि प्रहरीले काम गर्ने क्रममा चेम्बर अफ कमर्श, रुपन्देहीले सहयोग गर्नु सराहनीय रहेको भन्दै आभार व्यक्त गर्नुभयो ।

चेम्बर अफ कमशका महासचिव लक्ष्मी अधिकारीका अनुसार १९औँ स्थापना दिवसको अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । जसअन्तर्गत योग ध्यान शिविर र मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेको छ ।

वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण, माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता,सरसफाइ कार्यक्रम र स्थापना दिवस समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिएको महासचिव अधिकारीले जानकारी दिनुभयो ।