२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी बन्ने नेविसंघको केन्द्रीय सदस्य ?



अ+ अ-

निलकण्ठ रिजाल । जिल्लामै बसेर संगठनको लागि अहोरात्र खट्ने नेविसंघको भाइले आज बिहानै मलाई फोन गरेर भन्यो : ‘दाइ नेविसंघको केन्द्रीय समिति बन्दैछ भन्ने हल्ला छ। हामी जिल्लामै बसेर दुरदराज गाँउहरुमा नेविसंघको संगठन गरेर बसिराखेका छौं। सत्ताको उन्मादमा अखिलहरु सानो सानो कुरामा पनि निहुँ खोजेर हामिलाइ पेल्न खोज्छन् । तर पनि निडर भएर अखिलहरु संग जुददै नेविसंघको संगठन बिस्तारमा लागेका छौं। काठमाडौका नेताहरुसंग मेरो परिचय छैन। हामी भन्दा काठमाडौमा बस्ने साथीहरूको नै नेताहरू संग पहुँच छ। नेविसंघको केन्द्रीय समितिमा पर्ने ती पहुँचवाला साथिहरुकोनै सम्भावना हुन्छ।

यसपालि नेविसंघको केन्द्रीय समितिमा आएर संगठन गर्ने ठूलो धोको छ। जिल्लामै बसेकाले कांग्रेसका केन्द्रीय नेताहरुले मलाई चिन्नु हुन्न। नेविसंघको महाधिवेशन र चुनाव कहिल्यै होला जस्तो छैन। पार्टीका केन्द्रीय नेताहरु संग पहुँच नभएका हामी जस्ता मान्छे कसरी बन्ने होला नेविसंघको केन्द्रीय सदस्य ?’

म संग भाइलाई चित्त बुझाउने उत्तर थिएन। सोचें ! साच्चैनै गाउँमा बसेर नेविसंघको संगठन गर्ने योग्य र क्षमतावान विद्यार्थी नेताहरुलाइ, काठमाडौमा बस्ने कांग्रेसका केन्द्रीय नेताहरुले कसरी न्यायोचित मुल्यांकन गर्नु हुन्छ त ?
ती त काठमाडौमा रहेका नेताहरुको घर-आँगनमा पुगेका छैनन….!
महाधिवेशनमा त विद्यार्थीहरुले चुन्दछन तर नेताहरुलेनै केन्द्रबाट तदर्थ समिति बनाउँदा, के हुन्छ त न्यायोचित मुल्यांकन पद्धति ?

-रिजाल नेपाल विद्यार्थी संघका निवतमान केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।