१४ असार २०८३, आईतवार
,
Latest
कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा



अ+ अ-

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि हुने भएको छ ।

महाधिवेशनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म सम्मेलन तय भएको जनाइएको छ ।

‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुने उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको र समितिको सचिवालयका रूपमा सङ्घको सचिवालयले काम सुरु गरेको जानकारी दिइयो ।

‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्ने उद्देश्यका साथ अघि बढिरहेको पनि जनाइएको छ ।

“सङ्घको १० औँ र ११ औँ महाधिवेशनपछि संस्थाभित्र देखिएका सङ्गठनात्मक जटिलताहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै अन्ततः सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहितको उपस्थितिमा गैरआवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको तथ्य विदितै छ । यो उपलब्धिले संघको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।

१२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशनसम्बन्धी तयारीका काम क्रमशः अगाडि बढिरहेको जनाइएको छ ।रासस