२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ



अ+ अ-

काठमाडौँ। श्रीलङ्काको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

यही फेब्रुअरी ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीको आज विदाइ गरिएको हो । नेपाली टोलीमा पुरुष खेलाडीमा दिपेशजङ्ग थापा, रोशन तामाङ, रविन भट्टराई, राजन नेपाली र विकास कुमाल रहेका छन् ।

महिलामा सुमित्रा डङ्गोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन र पायल शाही छन् । पुरुष÷महिला दुवै टोलीले रेगु र क्वाड्रेन्ट स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद गुरुङ, टोली व्यवस्थापकमा अक्कलबहादुर तामाङ तथा प्रशिक्षकमा नरबहादुर थापा र श्यामबहादुर श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । टोली बुधबार श्रीलङ्का जाने छ । रासस