२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा सापकोटाको उम्मेदवारी, राजपाको समर्थन



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण हुनुहुन्छ । संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।

सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।