२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो याममा ग्यास संकटः उपत्यकामा फेरि पुरानै दृश्य (फोटो फिचर)



अ+ अ-

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो दुई सातादेखि खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव देखिएको छ । विशेष गरी नेपाल ग्यास ब्राण्डको अभावका कारण उपभोक्ताहरू मारमा परेका छन् । उपत्यकामा नेपाल ग्यासको बजार हिस्सा सबैभन्दा बढी रहेकोले यो अभावले धेरै परिवारको दैनिकी प्रभावित भएको छ ।

बजारमा विक्री केन्द्रहरूमा ग्यास नपाइएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन् । दैनिक सयौंको संख्यामा उपभोक्ता त्यहाँ लाइन लागेको देखिन्छ । कार्यालयबाट अहिले डिपोमा नयाँ ग्यास नआए पनि एक जनालाई एक सिलिण्डर उपलब्ध गराएर पठाइरहेको बताइएको छ । अभावको मुख्य कारण भारतबाट समयमै ग्यास ढुवानी नहुनु रहेको छ ।

ढुवानीकर्ता (ट्रक चालकहरू) सँगको केही असमझदारीका कारण धादिङ क्षेत्रमा ग्यास रोकिएको र सहमति भएपछि बजारमा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । जाडो मौसममा ग्यासको माग १०–२५ प्रतिशतसम्म बढ्ने गरेको छ । जसले समस्या थप जटिल बनेको छ । नेपाल आयल निगमले भने बजारमा ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । निगमकाअनुसार जाडोयामको माग धान्न पर्याप्त कोटा निर्धारण गरिएको छ ।

उपभोक्ताहरूले भने बजारमा वास्तविक अभाव महशुस गरिरहेका छन् । विक्रेताहरूले पनि ढुवानी र उपलब्धताका कारण समस्या रहेको बताएका छन् । निगमले अनावश्यक भण्डारण (होर्डिङ) नगर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ । अबको केही दिनमा ढुवानी सहज भएपछि बजार सामान्य हुने अपेक्षा गरिएको छ । तर उपभोक्ताहरूले तत्काल राहत पाउन सकेका छैनन् ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल