२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ उपत्यकामा सवारीसाधन व्यवस्थापन गर्न बनाईएको तीन तहको रुट प्रणाली



अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ । एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो । रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन अझै गरेको छैन । विभाग कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो “अपडेट गर्दै छौँ, जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने छौँ, कार्यान्वयनमा जाने तयारीमा छौँ ।” तर एक वर्ष अघिदेखि नै विभागले कार्यान्वयनको तयारीमा रहेको जनाउँदै आएको छ । विभागका अनुसार प्राथमिक, द्वितीय र तृतीय गरी तीन तहको रुटको अवधारणा बनाइएको छ । प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको छ । जहाँ ठूला सवारीसाधन र यात्रुवाहक सवारी साधनलाई चल्न दिइने छ । द्वितीय रुटमा मझौला सवारीसाधन सञ्चालन हुनेछन् । हाल नेपाल यातायात लगायतका मझौला सवारी साधनलाई द्वितीय रुटमा सञ्चालन गरिने छ । यो रुट प्राथमिक रुटभन्दा छोटो हुने छ ।

तृतीय तहको रुटमा साना सवारी सञ्चालन हुनेछन् । ट्याक्सी लगायतका सवारी यसमा चल्नेछन् । यी छोटा दूरीका रुट हुनेछन् । यो रुट प्रणाली लागू भएपछि अहिले जस्तो सबै सवारीसाधन एउटै रुटमा चल्न पाउने छैनन् । रुट प्रणालीको नयाँ रुट प्रणालीअनुसार एउटै रुटमा सबै गाडी गुड्न पाउने छैनन् । तोकिएको रुटमा तोकिएका सवारी गुड्नेछन् । जसले गर्दा ट्राफिक व्यवस्थापन सहज भई दुर्घटनामा कमी आउने महानिर्देशक हमालको भनाइ छ ।सार्वजनिक सवारी व्यवस्थित र तोकिएको रुटमा मात्र चल्नेछन् ।

यातायात व्यवस्था विभागले उपत्यकाका सयौँ रुट व्यवस्थित गर्न छ वर्षअघि नै ६६ वटा रुटमा झारेको थियो । हाल तीनवटा रुट थप गरी ६९ वटा पुर्याइएको छ । नयाँ रुटका सम्बन्धमा यातायात व्यवसायीसँग पनि छलफल भइसकेको विभागले जनाएको छ ।

टेन्डरको तयारीमा जीपीएस प्रणाली: यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्ने तयारी टेन्डर प्रक्रियाको चरणमा छ । चालू आर्थिक वर्षमै टेन्डर गरी कार्यान्वयनमा जाने महानिर्देशक हमालको भनाइ छ । उनका अनुसार जीपीएस जडान भएपछि ट्राफिक प्रहरीलाई ट्याकिङ गर्न र गति थाहा पाउन सजिलो हुने छ ।

साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न पनि सहयोग हुने विभागको दाबी छ । विश्व बैङ्कको सहयोगमा काम सुरु गरिएको विभागले जनाएको छ । त्यसका लागि बिजनेस प्लान अन्तिम चरणको पुगेको हमालले जानकारी दिए । गोरखापत्र दैनिकबाट