१४ असार २०८३, आईतवार
,
Latest
अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताउनुभएको छ ।

निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताउनुभयो ।

टिकटकसँग सम्झौता गरेपछि यसका माध्यमबाट आचारसंहिता उल्लङ्घन, मिथ्या सूचना रोक्न सहयोग पुग्ने विश्वास गरिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो । टिकटकले निःशुल्क रूपमा निर्वाचनमा हुने दुरुपयोग रोक्न सहयोग गर्न लागेकामा उहाँले धन्यवाद दिनुभयो ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र आदानप्रदान गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता कायम गर्न यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ । निर्वाचनमा स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिका लागि टिकटकले सहयोग गर्ने भएको छ । साझेदारीले निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सर्वसाधारणको पहुँचमा सूचनाको पहुँच पु¥याउन सहयोग पुग्ने विश्वास आयोगले गरेको छ ।

समझदारीले निर्वाचनलाई असर पार्नसक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पु¥याउने विश्वास गरिएको छ ।