२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य वस्तुमा मूल्यवृद्धि, जनतालाई सास्ती



अ+ अ-

काठमाडौं । जनताको प्रत्यक्ष दैनिकीमा असर गर्ने तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडीमा महंगी बढेको छ । गत वर्षको तुलनामा महंगी बढेको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक स्थितिमा मंसिरसम्म मूल्यवृद्धि ६.५५ प्रतिशत भएको छ । यो वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति हो । गत वर्षको मंसिरसम्म यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत थियो । गत महिनाको तुलनामा पनि मंसिर महिनामा मूल्यवृद्धि बढेको हो । कात्तिकमा यस्तो मुद्रास्फीति ५.७६ प्रतिशत थियो । एक महिनामा मूल्यवृद्धि ०.७९ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणहरू उपसमूहको मूल्य बढेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी महंगी छ । काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मूल्यवृद्धि रहेको छ । गत वर्षको सोही अवधिमा काठमाडौं उपत्यकामा ३.६८ प्रतिशत, तराईमा ३.६५ प्रतिशत, पहाडमा ३.८४ प्रतिशत र हिमालमा ४.०५ प्रतिशत मूल्यवृद्धि थियो ।

समीक्षा महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेकोमा भारतमा (डिसेम्बर महिनाको) मुद्रास्फीति ७.३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ३.७१ प्रतिशत र २.११ प्रतिशत थियो । सौर्य दैनिकबाट