२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलद्वार र डस्टबिनबाट सुन बरामद, दुई पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले दुई छुट्टाछुट्टै घटनामा सुनसहित दुई जनालाई पक्राउ गरेको छ । एक जनालाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो भने एक जनालाई डस्टबिनमा सुन लुकाएर लैजाने क्रममा पक्राउ गरिएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मलद्वारमा सुन लुकाउने भारतीय नागरिक हुन् भने अर्काे नेपाली हुन् । आज फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका भारतीय नागरिक अबु बरकतलाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको उहाँले बताउनुभयो ।

शङ्का लागेर जाँच गर्दा मलद्वारभित्र सुन लुकाएको पाइएपछि शौच गराएर १०० ग्रामको अर्धठोस सुन निकालिएको थियो ।

यस्तै, विमानस्थलमै सुरक्षा छलेर सुन निकाल्न खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिका सरसफाइ कर्मचारी डिकबहादुर राउतलाई पनि सुनसहित पक्राउ गरिएको उहाँले बताउनुभयो । उनलाई विमानस्थलभित्र राखिएको डस्टबिनबाट फोहरसँगै निकाल्ने क्रममा पक्राउ गरिएको हो । उनले निकाल्न लागेको फोहरको पोकोबाट ४.४ ग्रामका सुनका सिक्रीका टुक्रा फेला पारिएको छ । आजै अनुसन्धानका लागि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय पठाइएको पनि सिलवालले बताउनुभयो । रासस