विराटनगर । झापा-५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय तोडफोड भएको छ ।
कमल गाउँपालिका-२ स्थित जयप्रकाश अधिकारीको घरमा रहेको कार्यालयमा मध्यरातमा ढुङ्गा प्रहार भएको हो ।
झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार ढुंगाले लागेर झ्यालको सिसा फुटेको छ । रास्वपाको कार्यालयमा भने क्षती नभएको उनले बताए ।
प्रहरीको अनुसार घरमा ढुंगा हानिएको विषयमा अनुसन्धान अघि बढाईएको छ ।
झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी दिएका छन् ।












