२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि



अ+ अ-

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बुवा भोजप्रसाद भट्टराईको अन्त्येष्टि गरिएको छ ।

९७ वर्षीय भट्टराईको आज बिहान बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।

उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिमा प्रलोपाका नेता-कार्यकर्ताहरु सहभागी भएका थिए ।