काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जानु भएको छ ।
चितवन २ बाट रास्वपा उम्मेदवार समेत रहनु भएका लामिछानेलाई खुट्टाको चोटका कारण राम्ररी हिँड्डुल गर्न कठिनाई भएको छ ।
पत्नी निकिताले रविलाई एम्बुलेन्समा राखेर जहाजसम्म लैजानु भएको थियो ।
चितवनमा पुगेर रविले आफ्नो निवासमै भेटघाटहरु गर्ने उहाँको सचिवालले जनाएको छ ।











