१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ सय ४९ स्थानीय तहहरुमा फोर–जी सेवाको पहुँचः सञ्चार सचिव बस्नेत



अ+ अ-

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले देशभरका ७ सय ४९ स्थानिय तहहरुमा फोर–जी सेवाको पहुँच विस्तार भएको बताउनुभएको छ ।

बिहीवार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा टेलिकम सञ्चालक समितिकी अध्यक्ष समेत रहुनभएको बस्नेतले डिजिटल डिभाइड न्युनिकरणमा उल्लेखनीय प्रगति हासिल गरिएको बताउनुभएको हो । नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसाथ गर्दै टेलिकमले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको उहाँको भनाई छ । प्रविधिमा भइरहेको विश्वव्यापी द्रुत परिवर्तनसँगै सेवाग्राहीको माग र चाहना बढ्दै गएको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार प्रायः सबै शहर तथा गाउँमा ‘फाइबर टु द होम’ सेवा विस्तार भएसँगै उच्च गतिको ब्रोडब्यान्ड सेवा सर्वसाधारणको पहुँचमा पुगेको छ । देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशनजस्ता सेवाको विकासमा ध्यान दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण जरुरी रहेको सचिव बस्नेतको भनाइ छ । यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै मुलुकको डिजिटलाइजेसन अभियानलाई थप गति दिने उहाँले बताउनु भयो । टेलिकमले सेवाको गुणस्तर र सर्वसुलभता अझै वृद्धि गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाइन दुवै प्रकारका दूरसञ्चार सेवाको पहुँच पु¥याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वव्यापी रुपमा प्रविधिमा भईरहेको दु्रत परिवर्तन अनुरुप सेवाग्राहीहरुको माग र चाहना समेत बढेर गएको अवस्थामा नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसाथ गरि सर्वसुलभ रुपमा आम सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न टेलिकमले महत्वपुर्ण कार्य गर्दै आएको छ । यसवर्ष ७४९ स्थानिय तहहरुमा फोरजी सेवाको पहुँच मार्फत डिजिटल डिभाइड न्युनिकरणमा उल्लेखनीय प्रगति भएको छ । यस्तै प्राय सबै शहर तथा गाउँमा फाईवर टु द होम सेवा विस्तारमार्फत उच्च गतिको ब्रोडव्याण्ड सेवा पुगेको छ । टेलिकमले देशेको प्रमुख सेवा प्रदायकको रुपमा कनेक्टिभिटि उपलब्ध गराई टेलिहेड, टेलिमेडिसियन, टेलि एजुकेशन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने देखिन्छ । विशेष गरी दुर्गम ई–डिजिटल सेवाहरु पुग्नेगरि आवश्यक ढाँचा तयार गर्न जरुरी छ । यसले जनताको जीवनस्तरमा सकरात्मक प्रभाव पार्नेछ र मुलुकलाई डिजिटलाईजेशन गर्ने अभियानमा गति प्रदान गर्नेछ । टेलिकमले आफ्नो सेवाको गुणस्तरीयता र सर्वसुलभतालाई अझै बढाउनुपर्नेछ । प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाईन दुबै प्रकृतिको दूरसञ्चार सेवाको पहुँच पु¥याउन आवश्यक छ । यसको लागि मन्त्रालयले ग्रामिण दुरसञ्चार विकास कोष, पहिचान लगायत अन्य कार्यक्रममार्फत आवश्यक सहजीकरण गर्दै आएको छ ।’ 
उहाँले टेलिकममा रहेका कर्मचारीहरुको वृत्तिविकास र अन्य मागहरु सम्बोधन गर्न मन्त्रालय तयार रहेको पनि जानकारी दिनुभयो ।