२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफको अर्धशतकमा नेपालले क्यानडालाई हरायो



अ+ अ-

काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितको लागि १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा आफ्नो लक्ष्य पुरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले अर्धशतकीय पारी खेले । उनी २९ बल खेलेर ५८ रनमा रिटायर्ड भएका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै, सन्दीप जोराले ४४ रन बनाउदा गुलशन झा ३१ रनमा अविजित रहे ।

बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए ।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको थियो।

क्यानडाको लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडेका थिए । यस्तै, श्रेयस मोव्वाले अविजित ३८ रन बनाउदा कन्वरपाल ताथगुरले २५ र जास्करन सिंहले २१ रन थपे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुईरदुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले पनि एकरएक विकेट लिए ।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले हराएको थियो ।