१४ असार २०८३, आईतवार
,
Latest
प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्यालो पार्टी जनताको अपेक्षा केन्द्रमा राखेर अघि बढ्दै छः अध्यक्ष घिसिङ



फाइल फोटो
अ+ अ-

धनुषा। उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्ययोजनाबारे धारणा राख्नुभएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले मधेस क्षेत्रको विकास, रोजगारी सिर्जना र युवाको सहभागिता बढाउन विशेष कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

वर्तमान राजनीतिक व्यवस्थाप्रति जनतामा बढ्दो निराशालाई सम्बोधन गर्न वैकल्पिक राजनीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै, उज्यालो पार्टी जनताको आवाज बनेर जिम्मेवार भूमिकामा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा स्थानीय पत्रकारको उपस्थिति रहेको थियो भने उनीहरूले उठाएका प्रश्नको अध्यक्ष घिसिङले स्पष्ट जवाफ दिनुभएको थियो ।  रासस