१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता



अ+ अ-

गाईघाट। महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताउनुभयो ।

गाईघाटस्थित रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा जिल्लामा पहिलो पटक राष्ट्रिय महिला च्याम्पियनसीप लिगको तयारी गरिएको बताउनुभयो ।

उक्त लिगमा १० ‘ए’ डिभिजन तहका महिला टोलीले सहभागिता जनाउने  महासचिव राईले बताउनुभयो । आयोजकका अनुसार प्रतियोगितामा न्युरोड महिला फुटबल टोली काठमाडौँ, गाईघाट महिला फुबटल टोली उदयपुर, त्रिभुवन आर्मी महिला टोली, नेपाल पुलिस, क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, आरएस रिसोर्ट, क्लब चर्च युनियन, छहारी युथ क्लब, सङ्कटा युथ क्लब, रिले युथ क्लबलगायतले भाग लिने छन् ।

प्रथम हुने टोलीलाई रु सात लाख ५० हजार पुरस्कार र ट्रफी तथा दोस्रो हुनेलाई रु पाँच लाख नगद र प्रमाणपत्र प्रदान गरिने छ ।