२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ अब डिशहोम गो मा



अ+ अ-

काठमाडौं ।  नेपाली मनोरञ्जन क्षेत्रलाई डिजिटल माध्यमबाट अझ सशक्त बनाउँदै आएको डिशहोम गोले आफ्ना दर्शकहरूका लागि दुई सफल तथा दर्शकप्रिय नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध गराएको छ। प्रदर्शनका क्रममा दर्शकको सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने भएको छ। नेपालभित्र दर्शकहरूले यी चलचित्र रु. २२५ मा हेर्न सक्नेछन् भने नेपालबाहिर रहेका दर्शकहरूले USD 1.99 मा डिशहोम गोमार्फत चलचित्रको मनोरञ्जन लिन सक्नेछन्।

‘ह्यारी कि प्यारी’ निर्देशक डा. कपिल रिजाल तथा निर्माता डा. भोला रिजालको प्रस्तुति हो। जितु नेपाल, सम्राज्ञी आर.एल. शाह, विजय बराल र लक्ष्मी गिरीको अभिनय रहेको यस रोमान्टिक कमेडी चलचित्रले हलको प्रदर्शनका क्रममा दर्शकहरूलाई हँसाउँदै र भावुक बनाउँदै राम्रो चर्चा कमाएको थियो। सामान्य व्यक्ति ह्यारीको जीवन, प्रेम र मित्रताका उतार–चढावलाई सहज र रमाइलो शैलीमा प्रस्तुत गरिएको यो चलचित्र विशेषगरी पारिवारिक दर्शकहरूबीच निकै रुचाइएको छ।

त्यसैगरी, ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङ र सन्तोष सेन तथा निर्माता सन्तोष सेनको ऐतिहासिक प्रेमकथा हो। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिकासहित शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन र माओत्से गुरुङको सशक्त अभिनयले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ। नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन भई प्रशंसा बटुलेको यस चलचित्रले भव्य दृश्य, सशक्त कथा र भावनात्मक प्रेमकथाका कारण दर्शकको मन जित्न सफल भएको थियो।

डिशहोम गो नेपाली दर्शकहरूका लागि चलचित्र, वेब सिरिज, लाइभ टेलिभिजन, खेलकुद तथा विविध नेपाली र अन्तर्राष्ट्रिय सामग्री उपलब्ध गराउने अग्रणी ओटीटी प्लेटफर्म हो। मोबाइल, ट्याबलेट र स्मार्ट टिभीमार्फत जहाँसुकै र जुनसुकै समयमा हेर्न सकिने सुविधासहित डिशहोम गोले नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपाली दर्शकलाई आफ्नो संस्कृति र मनोरञ्जनसँग जोड्दै आएको छ। अब सफल र दर्शकप्रिय चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ डिशहोम गोमा हेरेर नेपाली सिनेमाको उत्कृष्ट अनुभव लिनुहोस्।