२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो दूधले नुहाउँदै भुइँया महाराजको पूजा



अ+ अ-

जनकपुरधाम । १२ वर्षीय राजा माझी र १४ वर्षीय शिवनन्दन माझी चुलोमाथि माटोको तौलामा उम्लिरहेको दूध अम्खोराले निकाल्दै शरीरमा खन्याइरहेका थिए। उनीहरू तातो दूधले यसरी नुहाइरहेका थिए कि जस्तो कि सामान्य पानी होस्। न त्यसले उनीहरू पोलेको आभास दिलाउँथे न त कुनै पीडाको अनुभूति। आश्चर्यजनक पार्ने यो दृश्य थियो, सर्लाहीको ईश्वरपुर नगरपालिका—१५ सोकनाहा बोहर्वामा मनाइएको भुइँया महाराजको पूजाको। त्यस अवसरमा तातो दूधले नुहाउने यस विधिलाई ठेट भाषामा ‘अपटौनी’ भन्ने गरिन्छ।

मुसहरका पुस्ताले रीतिरिवाजअनुसार माघ १ गते भुइँया महाराजलाई अपटौनी दिने गरेको धामी रामपुकार माझी बताउँछन्। ‘यो सब भुइँया महाराजको प्रताप हो’, उनी भन्छन्, ‘दैवी शक्तिको आर्शीवादले नै तातो दूधमा नुहाउँदा पनि शरीरलाई कुनै प्रकारको कष्ट हुँदैन।’ भुइँया शब्दले जमिन, माटो वा पृथ्वीलाई जनाउँछ। भुइँया पूजालाई प्रकृति पूजाका रूपमा लिने गरिएको उक्त समुदायको उत्थानमा काम गर्दै आएका राजकुमार महतो बताउँछन्।

‘छैटौं शताब्दीमा सप्तरी जिल्लामा जन्मिनुभएका दीना—भद्रीको पूजाका रूपमा यो भुइँया पूजा मनाउने गरिन्छ’, उनी भन्छन्। दीना—भद्रीलाई मुसहर समुदायको कुल देवता मानिन्छ। अन्याय, अत्याचार र शोषणविरुद्ध महावीर योद्धाका रूपमा दीना—भद्रीलाई लिने गरिएको छ।

विभिन्न संघसंस्थाको अगुवाइमा प्रथम अन्तर्राष्ट्रिय भुइँया दिवस मनाइएको छ। माघ १ देखि ३ गतेसम्म मनाइएको दिवसको अवसरमा पूजासहित मुसहर समुदायको विशेषता झल्काउने कार्यक्रम गरिएको थियो। अन्नपुर्णपोष्ट दैनिकबाट