२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानाजावा कप अन्तर्राष्ट्रिय कराते भोलिदेखि



अ+ अ-

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को आयोजनामा १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा कुमुते र काता गरी जम्मा ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल, भारत, पाकिस्तानलगायत राष्ट्रका करिब २ सय खेलाडी सहभागी हुने आयोजक संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ६० हजार रुपैयाँ खर्च हुने आयोजक संघका महासचिव दिलेन्द्रगोविन्द वैद्यले बताए । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते एकेडेमीको हलमा खेलाइने छ ।