२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन



अ+ अ-

जनकपुरधाम। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष तथा धाँधलीरहित बनाउनका लागि निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सरोकार भएका सबैलाई निर्देशन दिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन आचारसंहिताको पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गरिने जानकारी दिनुभयो ।

जिल्लाअन्तर्गतका विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार, कार्यालय प्रमुख तथा सञ्चारकर्मीको सहभागिता रहेको सो बैठकमा प्रमुख जिल्ला अधिकारी लुइँटेलले निर्वाचनका लागि शान्तिपूर्ण रूपमा वातावरण निर्माण भएकाले निर्वाचन निष्पक्ष हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्तिसुरक्षाको पूर्ण व्यवस्था गरिएको बताउनुभयो ।

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै प्रजिअ लुइँटेलले मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा  पाँचदेखि सात मिनेटमा थप सुरक्षा निकाय पुग्ने उहाँको भनाइ छ ।

सोही अवसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत सुभाषबाबु पुरीले निर्वाचनको सम्पूर्ण वातावरण तयार भइसकेको उल्लेख गर्दै निष्पक्ष निर्वाचन तथा सुशासन कायम गर्नका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन सबैलाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह नगर्न आग्रह गर्नुभयो ।

निर्वाचन आचारसंहिताको नियमित अनुगमन भइरहेको जनाउँदै पुरीले आचारसंहिता विपरीत कार्य गर्नेलाई कानुनबमोजिम कारबाही गरिने उल्लेख गर्नुभयो ।

धनुषामा प्रतिनिधिसभा सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेका छन् । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र र ३२२ मतदानस्थल ताकिएको छ । एक सय ९४ वटा अतिसंवेदनशील मतदानस्थल छन् ।