२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलोले नै देश जोगाउँछः कुन्ती पोखरेल



अ+ अ-

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती पोखरेलले अवरुद्ध विकास निर्माणका कामहरु पूरा गरेरै छोड्ने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

चुनावी घरदैलोका क्रममा स्थानीयको समर्थन पाएपछि उम्मेदवार पोखरेलले यसपटकको जित देशकै जित हुने बताउँदै ‘हलो’ चिन्हमा मतदान गर्न अपिल गर्नुभएको हो ।

उहाँले स्थानीय युवा क्लव र विकास निर्माणका कामहरु अघि बढाउने बताउनु भयो । घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवा क्लवका सदस्यहरूसँगको भेटमा पोखरेलले विगतमा आफूलाई अदृश्य रूपमा सहयोग गरिरहेका युवाहरू अहिले प्रत्यक्ष रूपमा साथ दिन सडकमा आएको देख्दा खुशीले आँसु झरेको बताउनु भयो । पोखरेलले आफ्नो क्षेत्रमा विकास निर्माणका काममा भएको अवरोधप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले क्लव बनाउनका लागि निर्माण सामग्री झारिसकेको अवस्थामा पनि ‘अत्याचारपूर्वक’ काम रोकिएको बताउनु भयो । उहाँले जित वा हारभन्दा माथि उठेर जनताको सेवामा लागिरहने प्रतिवद्धता जनाउनु भयो । राप्रपाको चुनाव चिन्ह ‘हलो’ को धार्मिक र सांस्कृतिक महत्वलाई जोड्दै पोखरेलले माता सीताको उदाहरण दिनुभयो । जसरी हलो जोत्दा सीता माताको उत्पत्ति भएको थियो, त्यसरी नै काठमाडौं क्षेत्र नम्बर २ बाट हलोले जित हासिल गर्ने उहाँको दाबी छ । उहाँले यसपटकको जितलाई व्यक्तिगत नभई समग्र देश र व्यवस्था परिवर्तनको जितको रूपमा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ मन्दिर छिर्दै गर्दा मलाई जुन क्लवहरु यहाँ साथीहरु भेट भयो त्यो शब्दमा बयान गर्दिन । मेरो आँसु नै झ¥यो के। ती साथीहरु मैले भेट्न खोजिरहेको साथी हो । सँगै हिँडिरहेको छु तर क्लवको साथी दाइ भन्ने मलाई थाहा थिएन । दाइ मेरो आँसु नै झ¥यो । यति पहिला पनि भेट नहुँदा खेरि उहाँहरुले सहयोग गरिराख्नुभएको थियो र अहिले पनि प्रत्यक्ष रुपमा हिँडेरै साथ दिन्छु भनेर आउनुभएको छ । यो बहिनीको तर्फबाट हृदयदेखि नै हार्दिक हार्दिक धन्यवाद । मैले हजुरहरुलाई वचन दिन्छु पहिला पनि चुनाव हारे नि जिते नि म गर्छु भनेको छु । सबै ठाउँमा गरेको छु र यहाँ पनि गर्छु भनेको कुरा मैले यहाँ क्लव बनाउन नि सामानहरु नि झारिसके तर केही कारणवश अत्याचारपूर्वक त्यो रोकिएको थियो त्यहाँ बनाउन क्लवहरु । त्यो मैले वाचा हजुरहरुलाई दिन्छु त्यो बनेरै छाड्छ बन्छ यो अधिकारको विषय हो हाम्रो । यसपालि मेरो जित होइन यो देशको जित हो । यहाँ मात्रै हामीले जितेर होइन अधिराज्यभर जित्नुपर्ने अवस्था छ । अहिले म धेरै कुरा नबोलिकन यसपालि दुई नम्बर क्षेत्रमा हलो गर्छ गर्छ। सीता मातालाई जसरी हलोले निकालेको थियो नि यो क्षेत्रबाट जित हासिल जसरी नि गरिन्छ र अहिले यहाँबाट नि म हाम्रा आदरणीय अहिले नै हुनेवाला प्रधानमन्त्री राजेन्द्रप्रसादज्यु हुनुहुन्छ र हजुरहरुलाई फेरि पनि हार्दिक हार्दिक अनुरोध गर्दछु यसपालि सहयोग गर्दिनुस् । के गर्नुपर्छ तपाईहरुले बुझिराख्नु भएको छ म जिते नि हारे नि यही सडकमा छु । हारेको यो तीन वर्ष मैले जति पनि चुनावमा गरेका वाचाहरु सबै पूरा गरेकी छु । त्यही भएर शिर ठाडो गरेर म हजुरहरुको सामुन्ने बोल्न नि सकेको छु नि ।’

नेतृ पोखरेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई ‘भावी प्रधानमन्त्री’ को रूपमा चित्रण गर्दै देश बनाउन राप्रपालाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले विगत तीन वर्षमा चुनाव हारेर पनि जनताका माझ गरेका वाचाहरू पूरा गरेको स्मरण गर्नुभयो ।