मुम्बई । बलिउड अभिनेता शाहरूख खानको ‘ओम शान्ति ओम’ बाट चलचित्रमा डेब्यु गरेकी अभिनेत्री दीपिका पादुकोण अहिले लोकप्रिय अभिनेत्रीका रूपमा परिचित छन् । उनले हलिउडमा समेत सन् २०१७ मा धमाकेदार डेब्यु गरिन् । हलिउड चलचित्र ‘द रिटर्न अफ जेन्डर केज’ मा सेरेनाको भूमिकामा उनले सुपरस्टार विन डिजलसँग काम गरिन् । यसै चलचित्रको अर्को शृंखलामा समेत फेरि दीपिकाले काम गर्ने सम्भावना छ ।

अभिनेता डिजलले भने यस शृंखलाको एक सय एक चलचित्रमा काम गरिसकेका छन् । उक्त चलचित्रका प्रायः सबै कलाकारसँग उनले पारिवारिक सम्बन्ध बनाउन सफल रहे । अभिनेता डिजलले हालै इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै अभिनेत्री दीपिकाको नाममा ह्यास ट्याग गरेका छन् ।
जुन देख्दा यस्तो लाग्छ कि फेरि एक पटक जेन्डर केज पुनः काम गर्दैछन् । उक्त तस्बिरको क्याप्सनको अन्तिममा ‘जेन्डर केज ५’ मा दीपिकाको नामको पनि ह्यास ट्याग छ । यसैबाट अनुमान गर्न सकिन्छ कि यसको आगामी चलचित्रमा दीपिकालाई पुनः देख्न सकिन्छ ।












